विश्व च्याम्पियनसिपमा स्वर्ण विजेता पलिस्था सम्मानित

१६ औं विश्व मुवाँथाईकी स्वर्ण विजेता पलिस्था कक्षपतिलाई सम्मान गरिदै ।

काठमाडौं (खेलदैनिक( । थाइल्यान्डको बैंककमा भएको १६ औं विश्व मुवाँथाईं च्याम्पियनसिपकी स्वर्ण विजेता पलिस्था कक्षपति शुक्रबार नगदसहित सम्मानित भएकी छन् ।

दक्षिणकाली नगरपालिका वडा १ ले आफ्नै वडा निवासी पलिस्थालाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । पलिस्थाले महिला ३० केजीमा स्वर्ण जितेकी थिइन् ।

वडा अध्यक्ष जय थापा मगरलगायतले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा टिम प्रशिक्षक समेत रहेका राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिलाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...