बार्सिलोनामा नेपालका सन्दीपा र सन्जीवलाई कांस्य

काठमाडौं (खेलदैनिक) । सन्दीपा अमगाईं र सन्जीव नेपालीले स्पेनमा भएको २०औं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका छन् ।

स्पेनको बार्सिलोनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपा र सन्जीव दुवैले कांस्य पदक जितेका हुन् । मार्सल आर्टस् फेडेरेसन अफ क्याटलानको आयोजनामा बारबेरा डेल भ्याली एरिनामा भएको खेलमा दुवैले फाइटतर्पm पदक जिताउन सफल भएको नेपाली टोलीका प्रशिक्षक अमरराज लामाले जानकारी दिए ।

फाइटतर्पm महिला ४९ केजी तौलसमूहको सेमिफाइनलमा आयोजक राष्ट्रका खेलाडीसँग समान १५–१५ स्कोर भए पनि रेफ्री निर्णयको आधारमा स्तब्ध भएपछि सन्दीपा कांस्य पदकमै सीमित भइन् । पुरुषको ८४ केजीको फाइटमा प्रतिस्पर्धा गरेका सन्दीप पनि आयोजकका खेलाडीसँग सेमिफाइनलमै पराजित भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...