बज्र फाइट : यानब पहिलो

चौथो वज्र फाइटमा प्रतिस्पर्धा गर्दै आङनिमा शेर्पा (बायाँ) र यानब थुलुङ राई ।

काठमाडौ (खेलदैनिक) । चौथो वज्र फाइटको पुरुष ५५ केजीमुनि एनबीसीका यानब थुलुङ राई बुधबार पहिलो भएका छन् । उनले आईएफकेकेका आङनिमा शेर्पालाई पराजित गरे । यो स्पर्धामा अन्य दुई समूहमा पनि प्रतिस्पर्धा भएको थियो । एनटीबीका आयुश सुनारले एनएमटीका मुकेश महर्जन तथा एनटीबीकै सन्दिप तामाङले आईकेकेएफका रोहित श्रेष्ठलाई हराए ।

नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला ५१ केजीमुनि एनबीसीकी तेजी गुरुङ विजेता बनिन् । तेजीले आईकेकेएफकी रितु घलानलाई पाखा लगाइन् ।

चौथो वज्र फाइटका विभिन्न स्पर्धाका विजेता सामूहिक तस्वीर खिचाउदै ।

पुरुष ५५ केजीमुनि एनटीबीका अजय खत्रीले एसबीसीका विक्रम महर्जनलाई निराश पार्दै पहिलो बने । यसै स्पर्धाको अर्को समूहमा एनबीसीका मौसम राना मगर पहिलो भए । उनले आईएफकेकेका पासाङ तामाङलाई पन्छाए ।

पुरुष ६२ केजीमुनि सीडिएसबीका अभिषेक राई शीर्ष स्थानमा रहे । उनले आईकेकेएफका सुजित प्रजाको चुनौती समाप्त पारे ।

विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले एक कार्यक्रमबीच नगदबाट पुरस्कृत गरे । कुल १ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...