एशियन मार्शल आर्टस्को महासचिवमा शर्मा चयन

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा एशियन मार्शल आर्टस्को सर्वोच्च निकाय एशियन मार्शल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन् ।

थाईल्याण्डको बैंककमा बिहिबार सम्पन्न एशियन मार्शल आर्टस् गेम्स कमिटिको बैठकले शर्मालाई चार बर्षका लागि महासचिवमा चयन गरेको हो । सोहि बैठकले उक्त कमिटीको अध्यक्षमा भारतका बि.के.भरतलाई चयन गरेको छ ।

भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुवई, रसिया, टर्की लगायत देश आवद्ध रहेको कमिटीको अन्य पदाधिकारीहरु जर्मनीमा रहेको बिश्व मार्शल आर्टस् गेम्स कमिटीको अन्तराष्ट्रिय हेडक्वाटर संग समन्वयमा अध्यक्ष तथा महासचिवले चयन गर्ने महासचिव शर्माले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस

Loading...