अन्तर्राष्ट्रिय मुवाँ थाईको तयारी पूरा

के ब्याग मुवाँथाई बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । यही सोमबार आयोजना हुने तेस्रो के. ब्याग अन्तर्राष्ट्रिय मुवाँ थाई प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल राष्ट्रिय मुवाँ थाई संघले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगितामा भारत, थाइल्यान्ड र अस्ट्रेलियाका खेलाडीले पनि प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।

१० प्रतिस्पर्धा हुने प्रतियोगिता दरबारमार्गस्थित क्लब डेजाबुमा सञ्चालन हुनेछ । मुवाँ थाईको इतिहासमै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष कक्षपतिले पत्रकार सम्मेलनमा जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...