नेपाली मुवाथाई टोली मेक्सिकोतर्फ प्रस्थान

काठमाडौं (खेलदैनिक) । विश्व मुवाथाई वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन नेपाल मुवाथाई संघका केन्द्रीय अध्यक्ष भिमसिंह गुरुङ्गको नेतृत्वमा ४ सदस्यीय टोली मंगलबार मेक्सिकोतर्फ प्रस्थान गरेको छ ।

अध्यक्ष गुरुङ्गको नेतृत्वमा रहेको टोलीमा व्यस्थापक रोशन कुमार श्रेष्ठ, प्रशिक्षकमा सम्पन्न श्रेष्ठ तथा खेलाडीमा सञ्जय बर्तोला रहेका छन । सञ्जयले ६१ के.जी तौलतर्फ प्रतिस्र्धा गर्नेछन । प्रतियोगीता मे १० देखी १९ सम्म सञ्चालन हुने बताइएको छ ।

टोलीको नेतृत्व समेत गरिरहेका अध्यक्ष गूरुङ्गका अनुसार यस प्रतियोगीतामा विश्वका १०० भन्दा बढि राष्ट्रका खेलाडीहरु सहभागी हुने मुवाथाईको सबैभन्दा ठुलो प्रतियोगीता भएको बताएका छन । उनले भने हामी पदकका लागि लड्दैछौ ।


प्रतिक्रिया दिनुहोस

Loading...