एभरेष्ट युएई मार्सल आर्ट क्लबद्वारा पूर्व राष्ट्रिय खेलाडी शाहको सम्मान तथा विदाई

काठमाडौं (खेलदैनिक) । एभरेष्ट युएई मार्सल आर्ट क्लबद्वारा एशियन पुलिस स्पोर्टस एसोसियसनको मिटीङ्गमा सहभागी हुन आएका नेपाल भलिबल संघका केन्द्रीय सद्स्य तथा नेपाल भलिबल टिमका पुर्व राष्ट्रीय क्याप्टेन भरत वहादुर शाहलाई बिदाई तथा सम्मान गरिएको छ ।

आइतबार शाहलाई क्लबको आफ्नै हलमा आयोजित एक कार्यक्रमका बीच सम्मान तथा विदाई गरियो । उक्त कार्यक्रमको सभापतित्व पुर्व भलिवल खेलाडी तथा एभेरेष्ट युएई मार्सल आर्ट क्लबका उपाध्यक्क्ष श्री कुण्डल बहादुर सिंहले गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनीधीहरुद्वारा मन्तव्य दिने क्रममा स्वागत मन्तव्य क्लबका कोषाध्यक्ष तथा नेपाली समाज खेल संयोजक परशुराम घिमिरेले गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी एनआरएन आईसीसी सदस्य श्री मनोज गोर्खाली, एनआरएन दुबई कमिटीका अध्झय मदन अधिकारी, सुपक्षे समाजका देव कुवर, डीसी नेपाल प्रतिनिधी तथा खेलकुद प्रेमी लोकेन्द्र वमको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा व्यवसायी सुर्य गिरी, नेपाल मुस्लिम सोसाईटी खेल संयोजक सकिल अलि, नेवाःपुच युएई केन्द्रीय सदस्य तथा पुर्व भलीवल खेलाडी र क्लब सल्लाहाकार श्री हिरालाल श्रेष्ठ, सिएन ठकुरी, काठमाण्डौ प्यालेस रेस्टुरेन्टका सुपरभाईजर राजीब श्रेष्ठ, दुबई एनआरएनका कोषाध्यक्ष अनिल श्रेष्ठ, एभेरेष्ट क्लबका सदस्य बिशाल पुन मगरको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उदघोषक तथा ब्यवस्थापन क्लबका टेक्निकल डाईरेक्टर तथा प्रमुख प्रशिक्षक रबि शाहिले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...