कम्बोडिया जाँदै मुवाँ थाइ टोली

sDaf]l8of hfg] d’jfFyfO 6f]nL .

काठमाडौं (खेलदैनिक) । प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया जाने भएको छ ।

डिसेम्बर ७ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा राहुल थोकर लामा र ७१ केजीमा सलोम सादा लेप्चा जैसीले प्रतिस्पर्धा गर्नेछन् । राहुल गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवाँथाइ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।

महिलाको ६७ केजीमा अनिशा खड्काले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४ औं विश्व मुवाँथाईं च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

प्रशिक्षकमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका गणेशलाल कक्षपति तथा व्यवस्थापकमा संघका उपाध्यक्ष उमेशकुमार खड्का रहेका छन् ।

अन्नपूर्ण राष्ट्रिय दैनिकका खेल पत्रकार विष्णु थापा पनि टोलीसंगै कम्बोडिया जाँने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...