विवेक मुँआ थाई वारियर कप च्याम्पियन

मुवाँथाइ वरियर कप विजेता विवेक नकर्मी ।

काठमाडौं (खेललदैनिक) । नेपालका विवेक नकर्मी अमेरिकामा भएको प्रो. मुँआ थाई वारियर कप च्याम्पियनसिपमा च्याम्पियन बन्न सफल भएका छन् ।

अमेरिकाको फिलाडेल्फियामा भएको प्रो. मुँआ थाई फाइटको फाइनलमा विवेकले अमेरिका जोसेफ विलियम्स लगनलाई नकआउट गर्दै वारियर कपको टाइटल बेल्ट उचालेको टिम कोच मुक्तिसग्राम विष्टले बताए । विलियम्सले १४ प्रोफेसनल फाइट खेलिसकेका छन् ।

युएस मार्सल आर्ट एसोसिएसनको आयोजनामा भएको प्रो. फाइट ३ राउन्डसम्म चलेको टिम प्रशिक्षक मुक्तिसंग्राम विष्टले बताए ।

प्रोफेसनल फाइट च्याम्पियन समेत रहेका मुक्ति टिम प्रशिक्षक, प्रशिक्षकमा थाई नागरिक तानाचोन र टिम व्यवस्थापकमा ब्रुक सी मिलर छन् । उक्त प्रतियोगितामा अन्य थप ४ विधामा पनि प्रो. फाइट भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...