टेनिस खेलाडी छनोट पूरा

अखिल नेपाल लनटेनिस संघको आयोजनामा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिताकालागि लनटेनिस खेलाडी मंगलबार छनोट भएका छन् ।

आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टका अनुसार समान ३–३ पुरुष÷महिला गरी ६ खेलाडी छनोट भए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा राउन्ड रोविन लिगका आधारमा भएको तीनदिने छनोट प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी मे १३ देखि २० तारिखसम्म सातदोबाटोमा हुने प्रतियोगितालाई छनोट भएका हुन् ।

पुरुषमा आर्यन गिरी, आरभसम्राट हाडा र अकी जुवेन रावत तथा महिलामा इशाश्री शाह, सर्भानी श्रेष्ठ र सुभाङ्गीलक्ष्मी शाह छानिए । पुरुषमा ७ र महिलामा ६ खेलाडीले प्रतिस्पर्धा गरेको लनटेनिस संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...