टेनिस टोली भारत जाने

आईटीएफ-एटीएफ यु–१४ डेभलोप्मेन्ट टे«निङ क्याम्पमा सहभागी हुन ३ पुरुष खेलाडी र १ प्रशिक्षकसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली जाँदैछ ।
अप्रिल २३ देखि मे ६ तारिखसम्म सञ्चालन हुने क्याम्पमा सुदेन गिरी, इभ्याक जोशी र सम्यकभूषण वज्राचार्य सहभागी हुँदैछन् । प्रशिक्षकमा लनटेनिस प्रमुख प्रशिक्षक रेणुदेवी कोण्डा छिन् ।

एसियन टेनिस सेन्टर नयाँ दिल्लीमा सारिएपछि नेपाली खेलाडी पहिलोपटक क्याम्पमा सहभागी हुन लागेका हुन् । यसअघि सेन्टर थाइल्यान्डको बैंककमा थियो ।

टोलीलाई अखिल नेपाल लनटेनिस संघका सदस्यद्वय अजय विष्ट र जयजीव हाडाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्स शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...