जुनियर टेनिस आजदेखि शुरु हुँदै

काठमाडौं (खेलदैनिक) । टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । विभिन्न ६ उमेरसमूहमा खेल हुने छ । ब्वाइज÷गल्र्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । पाँचदिने प्रतियोगिताका खेलहरु धापाखेलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...