सिटिजन्स बैंक टेनिसको तयारी पूरा

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् ।

विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा हुन लगोको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ । पुरुष–महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा खेल हुने छ ।

बैशाख १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...