वल्र्ड टेनिस टुरका लागि बाह्र खेलाडी छनौट

काठमाडौं (खेलदैनिक) । नेपाल टेनिस संघको आयोजनामा हुने वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटको छनोट चरणका खेलबाट आइतबार १२ खेलाडी छनोट भएका छन् । पहिलो सर्किटको ‘मेन ड्र’ का लागि समान ६–६ पुरुष÷महिला खेलाडी छनोट भएको टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा चिराग तिम्सिना, निशान श्रेष्ठ, राघव हर्ष, रोनिन लोत्लीकर, अर्जुन प्रेम कुमार र मोनिल लोत्लीकर रहेका छन् ।

महिलामा खुशहाली मोदी, इशाश्री शाह, नाइशा श्रीवास्तव, मेखा मन्ना, अनिशा शिवकुमार र पवित्रा पारेख छन् । इशा, चिराग र निशान नेपालका हुन् भने बाँकी सबै खेलाडी भारतीय हुन् । सर्किट १ सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...