१३औं सागः टेनिसको सबै स्वर्णमा भारतको कब्जा

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसका सबै स्वर्ण भारतले जितेको छ । पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स, मिक्स्ड डबल्स, पुरुष टिम इभेन्ट र महिला टिम इभेन्ट समावेश टेनिसका सबै स्वर्ण भारतले जित्यो ।

टेनिसमा भारतले पाँच रजत जित्यो भने श्रीलंका र पाकिस्ताले पनि एक रजत पदक हात पारे । नेपालले पाँच कास्य पदक जित्दा पाकिस्तानले ६ तथा भुटानले एक कास्य हात पार्यो । टेनिसकाअन्तिम दिन भएका महिलातर्फको फाइनलमा भारतकी श्रब्याभावि सेट्टीलाई हराउँदै सत्विका समाले स्वर्ण पदक जितिन् ।

टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिष्पर्धा गर्दैछन् । प्रतिष्पर्धात्मक खेलको पहिलो सेटमा भाविसेट्टी ४–६ ले विजयी भएकी थिइन् ।

दोस्रो सेटमा समाले ६–२ को जित हात पारिन् । अन्तिम सेट ६–५ मा पुगेको अवस्थामा भाविसेट्टीले खेल त्यागेपछि समाले स्वर्ण पदक जितिन् ।

पुरुषतर्फको फाइनलमा मनिष सुरेस कुमारले साकेथ साई मिनेनीलाई ६–४, ७–६(६) ले हराएर स्वर्ण पदक जिते ।


प्रतिक्रिया दिनुहोस

Loading...