धरान खेलकुद विकास समितिद्वारा दुई खेल व्यक्तित्व सम्मानित

सुनसरी (खेलदैनिक) । धरान उपमहानगरपालिका खेलकुद विकास समितिले शुक्रबार खेलकुद क्षेत्रका दुई फरक व्यक्तित्वहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपालका नम्बर एक एमेच्योर खेलाडी शुक्रराज राईलाई दोस्रो धरान उपमहानगरपालिका वर्ष खेलाडी २०७५ का रुपमा सम्मानित गरिएको छ ।

त्यस्तै शुक्रबार नै समितिले राष्ट्रको लागि खेलको माध्यमवाट विशेष योगदान पुराएको भन्दै पूर्व राष्ट्रिय टेनिस खेलाडी गीता थापा मगरलाई अनसिन प्लेयर अफ धरानको पुरस्कारबाट सम्मानित गरिएको छ ।

वर्ष खेलाडी बनेका शुक्रराज राईले नगद १ लाख सहित प्रमाणपत्र हात पारे । त्यस्तै अनसिन हिरो गिता थापालाई नगद ५० हजार, प्रमाणपत्र र यहि श्रावण १ गते देखि लागु हुने गरि धरान उपमहानगरपालिकाको टेनिस प्रशिक्षकका रुपमा नियुक्ति गरिंदै सम्मानित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...