सिटिजन्स बैंक टेनिस सोमबारदेखि

(तस्विर : गुगल)

काठमाडौं (खेलदैनिक) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । पुरुष/महिला सिंगल्स, मिक्स डबल्स र विभिन्न उमेरसमूहको भेट्रान स्पर्धासहित जम्मा १० स्पर्धामा भिडन्त हुनेछ ।

नगद र गिफ्ट ह्याम्पर गरी जम्मा पुरस्कार ५ लाख १३ हजार ५ सय रुपैयाँ रहेको छ । त्यसमा नगद पुरस्कार मात्र ४ लाख ९८ हजार ५ सय रुपैयाँ राखिएको छ । बैशाखा २१ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्ट र भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...