राष्ट्रिय खेलकुद : लनटेनिसतर्फ आर्मी र एपीएफ फाइनलमा

लनटेनिसमा प्रतिस्पर्धा गर्दै एनआरएनएका संरक्षकभूषण वज्राचार्य ।

काठमाडौं (खेलदैनिक) । आठौ राष्ट्रिय खेलकुद ंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन् । बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे ।

पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो । एनआरएनए र आर्मी तथा एपीएफ र प्रदेश ४ बीचको सेमिफाइनल स्थगित भएको हो । एनआरएनए र आर्मीबीचको सेमिफाइनलमा दुवैले एक–एक सिंगल्समा जित हात पारेका छन् । डबल्समा भने आर्मीले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको छ ।

त्यसैगरी अर्को सेमिफाइनलमा पनि एपीएफ र प्रदेश ४ ले एक–एक सिंगल्सको नतिजा आफ्नो पक्षमा परेका छन् । डबल्समा भने पहिलो सेट ५–५ को बरबरी अवस्थामा सकिएको छ ।

टेबलटेनिस : प्रहरी र एपीएफबीच उपाधि भिडन्त

आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टमा प्रहरी र एपीएफबीच उपाधि भिडन्त हुने भएको छ । दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे ।

पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीच हुनेछ । प्रहरीले प्रदेश ४ लाई ३–०, एपीएफले प्रदेश १ लाई ३–१, प्रदेश ३ ले प्रदेश २ लाई ३–१ र आर्मीले प्रदेश ५ लाई ३–१ को सेटमा हराए । बिहीबारदेखि दाङमा पुरुष बास्केटबल तथा नेपालगन्जमा फेन्सिङ खेल सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...