लनटेनिस टोली थाइल्यान्ड जाँदै

काठमाडौं (खेलदैनिक) । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको डिभिजन २ मा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ ।

डिसेम्बर ६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा आरभसम्राट हाडा, आर्यन गिरी र चिराग तिम्सिना तथा महिलामा शर्भानी श्रेष्ठ, सुभाङ्गीलक्ष्मी शाह र इशाश्री शाह रहेका छन् । प्रशिक्षकमा रामेश्वर थापा छन् ।

टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतका पदाधिकारीले शुक्रबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...