टेनिस टोली कजाकिस्तान जाने

काठमाडौं (खेलदैनिक) । आईटीएफ एसियन यु–१२ टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार कजाकिस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ ।

सेप्टेम्बर ३ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको ब्वाइजमा आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धर तथा गल्र्समा सुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र आइशा डोल्कर गुरुङले प्रतिस्पर्धा गनेृछन् ।

प्रशिक्षकमा राजकुमार लामा छन् । टोलीलाई नेपाल टेनिस संघका सदस्य अजय विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...