आर्यन र सलोनी जुनियर ओपन लनटेनिस च्याम्पियन

प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिसका यु–१४ सिंगल्स विजेता आर्यन गिरी (बायाँ) र सलोनी तामाङ ।

काठमाडौं (खेलदैनिक) । आर्यन गिरी र सलोनी तामाङले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–१४ सिंगल्स उपाधि शनिबार जितेका छन् ।

मण्डिखाटार टेनिस क्लबमा भएको ब्वाइज फाइनलमा आर्यनले चिराग तिमल्सिनालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा सलोनीले रायना शाहलाई ६–२ र ६–० को सीधा सेटमा हराइन् ।

यसअघि यु–८ सिंगल्सको ब्वाइजमा नुवेन लिम्बू र गल्र्समा शिभाली गुरुङ, यु–९ सिंगल्सको ब्वाइजमा निशाद जोशी र गल्र्समा समृद्धि महर्जन, यु–१० सिंगल्सको ब्वाइजमा आयुशमान हजुर घले र गल्र्समा सुनिरा थापा तथा यु–१२ सिंगल्सको ब्वाइजमा आरभसम्राट हाडा र गल्र्समा अजा रेग्मीले पहिलो स्थान हात पारेका थिए ।

विजेतालाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल, आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

आईएमई फाउन्डेसनद्वारा आयोजित साताव्यापी प्रतियोगितामा विभिन्न १० स्पर्धामा ५३ ब्वाइज र ४० गल्र्स गरी ९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...