माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस जारी

४५ वर्ष माथि एकलतर्फको खेलमा पोखराका पदम गुरुङ्ग बिरुद्ध बल प्रहार गर्ने क्रममा काठमाण्डौका राजु श्रेष्ठ ।

पोखरा (खेलदैनिक) । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा जारी छ । प्रतियोतिगा अन्र्तगत मंगलबार ३५ र ४५ वर्ष माथि प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

मंगलबार भएको ३५ वर्ष माथिको खेलमा कमल भण्डारीले शंकर कार्कीलाई ६–०, ६–१ ले, रोहित सुनुवारले डा. देव थापालाई ६–०, ६–१ ले, राजन पौडेलले बिरेन्द्र लामालाई ६–३, ६–१ ले, श्रीराम मगरले शिवलाल सुवेदीलाई ६–१, ६–१ ले तथा राजु श्रेष्ठले नविन श्रेष्ठलाई ६–१, ६–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । यसअघि आ–आफ्नों खेलमा जित हाँसिल गर्दै राजन बिजुक्छे, निरज थापा, र प्रकाश वाग्लेले पनि क्वाटरफाइनमा स्थान बनाएका थिए ।

प्रतियोगिता अन्र्तगत ४५ वर्ष माथिको खेलमा विकाश गुरुङ्गले राजु गुरुङ्गलाई ६–१, ६–३ ले, बिमल गुरुङ्गले सूर्य शाहिलाई ६–०, ६–४ ले, अमृत कार्कीले सुनिल श्रेष्ठलाई ६–१, ६–२ ले, राजु श्रेष्ठ काठमाण्डौले पदम गुरुङ्गलाई ६–१, ६–१ ले, आशिष सिग्देलले धर्म कोइरालालाई ६–१, ६–१ ले, अनुज बाँस्तोलाले उत्तम बोगटीलाई ६–२, ६–३ ले, शिव सेंढाइले सूर्य भुजेललाई ६–१, ६–४ ले तथा धरमबहादुर लामिछानेले दिनेश तुलाधरलाई ६–२, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।

३५ वर्ष माथि डबल्सतर्फ क्वाटर फाइनलका खेलहरु सकिएका छन् । श्रीराम मगर र राजकुमार घिमिरेको जोडीले अनु जोन र दोर्जे लामाको जोडीलाई ७–५, ६–१ मा, अशोक सिंह र कमल भण्डारीको जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीलाई ६–१, ६–२ मा, हिमाल शाह र राजु क्षेत्रीको जोडीले रोहित सुनुवार र निरज थापाको जोडीलाई प्रतिस्पर्धात्म खेलमा ६–२, ६–७ र सुपरटाईमा १०–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

४५ वर्ष माथिको डबल्समा आशिष सिग्देल र राजु क्षेत्रीको जोडीले प्रदिप शाह र उत्तम बोगटीको जोडीलाई ६–१, ६–० ले, बिमल गुरुङ्ग र हिमाल शाहको जोडीले समिर शेरचन र अनिल तुलाचनको जोडीलाई ६–३, ६–३ ले, पृथ्वी थकाली र दिनेश तुलाधरको जोडीले कुमार गुरुङ्ग र धर्म कोइरालाको जोडीलाई ६–३, ६–३ ले पराजित गरे ।

५५ वर्ष माथिको एकलमा पृथ्वी थकालीले भिक्टोर राणालाई ७–५ र ६–० मा तथा समिर शेरचनले अब्दुल सहमतलाई ६–२, ६–१ को सेटमा पराजित गरे भने ५५ वर्ष माथिको डबल्समा कर्मा घले र डेनम लामाको जोडीले शान्ता श्रेष्ठ र पृथ्वीमान गुरुङ्गको जोडीलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।

खेलकुद मन्त्रि केसीद्वारा टेनिस अवलोकन

त्यसैगरी युवा तथा खेलकुद मन्त्रि राजन केसीले मंगलबार पोखराको टेनिस कम्प्लेक्स अवलोकन गरेका छन् । अवलोकनका अवसरमा उनले जारी प्रतियोतिगाका केहि खेलहरु समेत हेरेका थिए । अवलोकन पश्चात उनले नेपालमा आयोजना हुने आगामी साफ खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल पोखरामा हुने बताए ।

यसका लागि पूर्वाधार विकास गरिनुपर्ने उल्लेख गर्दै ६ महिनाभित्र पोखरा टेनिस कम्प्लेक्सभित्र कम्तिमा पनि तीनवटा हार्डकोर्ट निर्माण गरिने प्रतिवद्धता जाहेर गरेको संघ कास्कीका उपाध्यक्ष नारायण पहारीले जानकारी दिए ।

त्यसैगरि उनले नेपाललाई अन्र्तराष्ट्रिय अम्पायरको खाँचो परेको भन्दै पोखरेली टेनिस खेलाडी प्रीति बराललाई उक्त कोर्ष लिन आग्रह गरे । यसका लागि आवश्यक सहयोग सरकारले गर्ने समेत मन्त्रि केसीले सो अवसरमा प्रतिवद्धता जाहेर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...