इशाश्री हेम्स सब जुनियर लनटेनिसको फाइनलमा

हेम्स सब जुनियर लनटेनिस च्याम्पियनसिपको यु–१२ गल्र्स सिंगल्समा सर्भानी श्रेष्ठ विरुद्ध प्रतिस्पर्धा गर्दै इशाश्री शाह ।

काठमाडौं (खेलदैनिक) । इशाश्री शाह यहाँ जारी हेम्स सब जुनियर लनटेनिस च्याम्पियनसिपको यु–१२ गल्र्स सिंगल्समा सोमबार फाइनलमा प्रवेश गरेकी छन् ।

हेम्स टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा इशाश्रीले सर्भानी श्रेष्ठलाई ७–६, २–६ र १०–८ को सेटमा पराजित गरिन् । सोही स्पर्धामा अजा रेग्मीले निमिशा ढकाललाई ६–२ र ६–३ को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगिन् ।

यु–१२ ब्वाइज सिंगल्समा आर्यन गिरीले आयुशमान घलेलाई ६–० र ६–० को सीधा सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...