भंगालमा अत्याधुनिक टेनिस कोर्टसहितको नौलिन स्पोर्ट्स भिल्ला

नौलिन स्पोर्ट्स भिल्ला ।

काठमाडौं (खेलदैनिक) । चक्रपथबाट डेढ किलोमिटरको दुरीमा रहेको बुढानिलकण्ठ नगरपालिकाको भंगालमा संचालन भएको नौलिन स्पोट्स भिल्लाले अन्तर्राष्ट्रिय टेनिस प्रशिक्षक ल्याएर प्रशिक्षण दिने भएको छ ।

भर्खरै उद्घाटन गरिएको अत्याधुनिक टेनिस कोर्टका संचालक किशोर थापाले नेपालमा टेनिसको क्रेज बढेकोले अन्तर्राष्ट्रिय स्तरको अभ्यास गराउने तयारी गरिरहेको बताए ।

‘तीन वटा कोर्ट छन् । आवश्यक परेको खण्डमा अर्काे दुई वटा कोट थप्ने योजना छ ।’ उनले भने । रातीको समयमा समेत खेल्न मिल्ने व्यवस्था गरिएको भिल्लामा महिला/पुरुषका लागि छुट्टा छुट्टै चेन्जिङ रुपमसमेत स्थापना गरिएको छ ।

नौलिन स्पोर्ट्स भिल्लाका सञ्चालक किशोर थापा ।

१ करोड २५ लाखको लागतमा स्थापना गरिएको कोर्टमा नियमित अभ्यास गराउनका लागि हाल चार जना प्रशिक्षक रहेका छन् । ‘पर्यटकलाई समेत ध्यानमा राखेर हामीले रातीसमेत खेल्न मिल्ने व्यवस्था गरेका छौ । आगामी दिनमा अझ व्यवस्थित गराउँदै विदेशबाट आउने खेलाडीका लागि समेत अभ्यास गर्न सक्ने बनाउँछौं’ उनले भने ।

लामो समय पत्रकारितामा काम गरेका थापाले स्वास्थ्य र खेलकुदको क्षेत्रमा लगानी गर्ने उद्देश्यले भिल्लाको स्थापना गरेको बताए । ‘आफ्नै जग्गा थियो । त्यसमा कोर्ट स्थापना गरेको हु । नाफा भन्दा पनि स्वास्थ्य र खेलकुदको क्षेत्रमा केहि योगदान दिने उद्देश्यले यसमा लगानी गरिएको हो ।’ उनले भने, ‘नयाँ खेलाडी उत्पादन गर्नका लागि यो कोर्टले सहयोग गर्ने विश्वास लिएको छु ।’

काठमाडौंमा सिमित टेनिस कोर्ट भएकाले आम मानिसले टेनिस खेल्ने मौका नपाएकाले सबैका लागि होस् भन्ने उद्देश्यले लन टेनिस कोर्ट नै स्थापना गरिएको थापाले बताए । ‘नेपाल लन टेनिस संघसँग समन्वय गरेर अगाडी बढ्दै जाने योजना छ ।’

उनले भने,‘अब हामी टेनिसका विश्व चर्चित खेलाडीलाई नेपाल मा ल्याएर मैत्रिपूर्ण खेलसमेत गराउने योजनामा छौं । यसले टेनिसमा नयाँ उर्जा थप्ने छ ।’ त्यसैगरि उनले सो कोर्ट वरिपरि डेढ सय फलफुलका विरुवा रोपेका छन् । ‘यहाँका फलफुल खेलाडीका लागि मात्र उपलब्ध हुन्छ । ताजा फलफुल खेलाडीलाई उपलब्ध गराउने उद्देश्य हो ।’ उनले बताए । थापाले बिच फुटबलका लागि मैदान व्यवस्थापन गर्ने योजना समेत बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...