प्रहरी राष्ट्रिय लनटेनिस प्रतियोगिताको फाइनलमा

राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय लनटेनिसको पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा गर्दै प्रणव खनाल ।

काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरी क्लब राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेको छ । प्रहरीले पश्चिमाञ्चललाई २–१ ले पराजित गर्यो ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महलिा टिम इभेन्टमा पनि प्रहरी फाइनलमा पुग्यो । प्रहरीले पश्चिमाञ्चललाई नै ३–० ले हरायो ।

महिलामै नेपाल एपीएफ क्लब मध्यमाञ्चलबाट वाक ओभर पाउदै सेमिफाइनलमा प्रवेश ग¥यो । पुरुषमा नेपाली सेनाले मध्यमाञ्चललाई ३–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

प्रतियोगिताको लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रशिक्षक कृष्णराज घलेलाई बल हस्तान्तरण गरी उद्घाटन गरिन् ।

प्रतियोगितामा पश्चिमाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल तथा तीन विभागीय टोलीका ३९ खेलाडी सहभागी छन् । २६ पुरुष र १३ महिला खेलाडी सहभागी प्रतियोगितामा विभिन्न ७ स्पर्धामा समावेश छन् । प्रतियोगिता मंसिर २ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...