अनर्घा र वैश्नवी च्याम्पियन

काठमाडौं (खेलदैनिक) । केशा ग्रुप एएनएलटीए एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ मा सिंगल्सको ब्वाइजमा अनर्घा गांगुली र गल्समा वैश्नवी अड्कर शुक्रबार पहिलो भएका छन् । दुवै च्याम्पियनद्वय भारतका हुन् ।

केशा ग्रुप एएनएलटीए एसियन यु–१४ ¥याङकिङ टेनिसअन्तर्गत सिंगल्स विजेता अनर्घा गांगुली (बायाँ) र वैश्नवी अड्कर उपाधिसाथ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा अनर्घाले आफ्नै देशका लेस्टन भाजलाई ६–४, २–६ र ९–७ ले पराजित गरे । ब्वाइज डबल्सको उपाधि भने अनर्घा र लेस्टनको जोडीले जितेका थिए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित गल्सको उपाधि भिडन्तमा वैश्वनवीले नेपालकी अभिलाषा विष्टलाई ६–२ र ६–० को सोझो सेटमा हराइन् । गल्स डबल्समा पनि वैश्नवीले भारतकै हर्साली मान्दभ्करसंग मिलेर स्वर्ण जितेकी थिइन् ।

विजेतालाई लनटेनिस संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका मुख्य प्रायोजक केशा ग्रुपका अध्यक्ष केशवराज पाण्डे, महासचिव मनोहरदास मुल, सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँददिने प्रतियोगितामा नेपाल र भारतबाट २६ खेलाडीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरेका थिए । नेपालबाट ४ ब्वाइज र १३ गल्र्स तथा भारतबाट ५ ब्वाइज र ४ गल्र्स सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...