संरक्षक, प्रेरणा, सम्यक र रायना पहिलो

राष्ट्रिय जुनियर टेनिसको यु–१८ ब्वाइज सिंगल्स विजेता संरक्षकभूषण वज्राचार्य ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य, प्रेरणा कोइराला, संरक्षकका सहोदर भाइ सम्यकभूषण र रायना शाह प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा बिहीबार पहिलो भएका छन् ।

आ–आफ्नो स्पर्धामा च्याम्पियन बनेका संरक्षकले यु–१८ ब्वाइज सिंगल्स, प्रेरणा यु–१४ गल्र्स सिंगल्स, सम्यकले यु–१४ ब्वाइज सिंगल्स तथा रायनाले यु–१२ गल्र्स सिंगल्समा उपाधि कब्जा गर्न सफल भए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा संरक्षकले निनवाम राईलाई ६–० र ६–० ले सहजै पराजित गरे । चार खेलाडी सहभागी उक्त स्पर्धामा संरक्षक सबै तीन प्रतिद्वन्द्वीलाई हराउन सफल भए ।

सो स्पर्धामा प्रणव खनालले साम्राज्ञ कट्वाललाई ६–० र ६–० को सीधा सेटमा हराउदै दोश्रो भए । उनले दुई खेलमा जित हात पारे । एक खेलमा विजयी साम्राज्ञ तेश्रो भए ।

यु–१४ गल्र्स सिंगल्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई सीधा सेटमा ६–३ र ६–३ ले पाखा लगाइन् । प्रतिद्वन्द्वी आदित सुवेदीबाट फाइनलमा वाक ओभर पाएपछि सम्यकलाई भने उपाधि जित्न गाह्रो भएन । यु–१२ गल्र्स सिंगल्समा च्याम्पियन बनेकी रायनाले ईशाश्रीको चुनौती ६–४ र ६–० ले समाप्त पारिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...