प्रशंसालाई स्वर्ण, प्रणव फाइनलमा

राष्ट्रिय जुनियर टेनिसको यु–१० र यु–१२ को फाइनलमा पुगेका प्रणव मानन्धर ।

काठमाडौं (खेलदैनिक) । प्रशंसा मोक्तानले प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्समा सोमबार स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसाले सुनिरा थापालाई ५–३ र ४–२ को साझेो सेटमा पराजित गरिन् ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा सलोनी तामाङ र प्रेरणा कोइराला उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा सलोनीले रायना शाहलाई ६–१ र ६–३ तथा प्रेरणाले अभिलाषा विष्टलाई ६–१ र ६–४ को सोझो सेटमा हराए ।

सोही स्पर्धाको ब्वाइजमा आदित सुवेदीले आर्यन गिरीलाई ३–६, ६–१ र ७–५ तथा सम्यकभूषण वज्राचार्यले प्रसिद्ध मोक्तानलाई ६–१ र ६–० को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

यु–१० ब्वाइज सिंगल्समा आरभसम्राट हाडाले राजवीर प्रधानलाई ६–० र ६–० तथा प्रनण मानन्धरले सक्षमविक्रम शाहलाई २–६, ७–५ र १०–२ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।

यु–१२ गल्र्स सिंगल्समा रायना शाहले सर्भानी श्रेष्ठलाई ६–३ र ६–४ तथा ईशाश्री शाहले सुभाङ्गीलक्ष्मी शाहलाई ६–० र ६–३ को सीधा सेटमा हराउदै उपाधि भिडन्त निश्चित गरे ।

त्यसै स्पर्धाको ब्वाइजमा आर्यन गिरीले प्रितम परियारलाई ६–० र ६–२ तथा प्रणव मानन्धरले प्रसिद्ध मोक्तानलाई ६–० र ६–० ले निराश पार्दै फाइनलमा पुगे ।

 


प्रतिक्रिया दिनुहोस

Loading...