अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

काठमाडौं (खेलदैनिक) । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार शान्तिनगरमा हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएका छन् । भगवती आफै पनि प्रतिस्पर्धामा उत्रने छिन् ।

प्रतियोगितामा नेपालबाट ११, भारतबाट ४ र पाकिस्तानबाट १ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताका लागि अमेरिका, जापान र पाकिस्तानबाट अझ धेरै खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरस (कोभिड– १९) का कारण खेलाडीको भिसामा समस्या भएपछि खेलाडी आउन असमर्थ रहेको अध्यक्ष खड्काले जानकारी दिइन् ।

ति खेलाडीहरु नआउने भएपछि भृकुटिमण्डलाई तय गरिएको प्रतियोगितालाई शान्तिनगरस्थित आफ्नै हातामा आयोजना गर्न लागिएको अध्यक्ष खड्काले जानकारी गराइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...