
महिला राष्ट्रिय कुस्ती बारे जानकारी गराउदै आयोजक ।
काठमाडौं (खेलदैनिक) । नेपाल कुस्ती संघको आयोजनामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता पर्यटकीय शहर पोखरामा हुने भएको छ । प्रतियोगिता बैशाख २१ र २२ गते हुने पाखेरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले जानकारी गराए ।
प्रतियोगितामा विभिन्न २० जिल्ला र विभागीय टोलीका करिब ७० खेलाडीको सहभागिता रहने छ । ८ स्वर्ण, ८ रजत र १६ कांस्य गरी ३२ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।