१३औं सागः पुरुष ह्याण्डबलमा भारतको विजयी शुरुवात

पोखरा (खेलदैनिक) । साग खेलकुद अन्तरगत पुरुष ह्याण्डबलमा भारतले विजय शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको भारतले बंगलादेशलाई ४२–३३ गोलले जित हासिल गरेको हो ।

भारतको जितमा दीपक वलावातले सर्वाधिक १६ गोल गरे । नविन पुनिया र अंकितले समान ५ गोल गरे । नवदीप र विजय सिंहले ४ गोलको गरे । ंिटंकु र रमेश चन्दले ३ गोलको योगदान गरे । ह्याप्पीले २ गोल गरे ।

उता, बंगलादेशको तर्फबाट भने एमडी रोबिउल अवालले सर्वाधिक ११ गोल गरे । मोहमद सोहाग होसेन सोहागले ५ गोल गरे । इम्दादुल हसन राकिब र मोहम्मद सोहेल राना सोहेलले समान ४ गोलको योगदान गरे ।

मोहम्मद ताजु हसनले समान ३ गोलको योगदान गरे । मेहेदी हसन र मोहम्मद साकिर समिर इमोले समान २ गोलको योगदान गरे । मोहम्मद मासुम अहमद र बिपुलु घोषले समान १ गोल गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...