पोखरामा राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने

पोखरा (खेलदैनिक) । नेपाल ह्याण्डबल संघको तत्वाधान तथा कास्की जिल्ला ह्याण्डबल संघको आयोजनमा पोखरामा यही पुष १९ गते देखि २२ गतेसम्म राखेप च्याम्पियनसिप अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता अन्र्तगत पोखरा रंगशालामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए । प्रतियोगितामा दुई विभागिय र पाँच विकास क्षेत्रका पाँच गरी महिला तथा पुरुष तर्फ ७–७ टिमको सहभागिता रहने उनले जनाए ।

हङकङ व्यूटि ईन्स्टिच्यूट प्रा. ली. को मूख्य प्रायोजनमा संचालन हुने उक्त प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहित पाँच विकास क्षेत्रका एक–एक गरी महिला तथा पुरुष तर्फ ७–७ टिम हुने भएको छ ।

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०–३० हजार, उपविजेतालाई २०–२० हजार र तेश्रो हुनेलाई १०–१० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने समेत आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपुर्ण रहेको संघका सचिव केशव पाठकले बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङले पछिल्लो समयमा पोखरा रंगशालामा विभिन्न खेलकुदको भौतिक पुर्वाधार निमार्ण जारीे रहेको बताए ।

यसैबिच अर्मला विकास मञ्च र खेपना प्रतिष्ठान अर्मलाकोटबाट संयुक्त रुपमा एक लाख रुपैया प्राप्त भएको छ । मञ्चका अध्यक्ष जेत गुरुङ, कोषाध्यक्ष भुपाल स्ािंह गुरुङ, प्रतिष्ठानका अध्यक्ष कर्ण बहादुर गुरुङले उक्त रकम बराबरको चेक संघका केन्द्रिय अध्यक्ष एवं जिल्ला अध्यक्षलाई हस्तान्तरण गरे ।

रोटरी क्लव अफ पोखरा फिस्टेल पोखराको सहप्रायोजनमा पोखरा लेखनाथ महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल पर्यटन वोर्डको बिषेश सहयोगमा उक्त प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई वल्र्ड भिजन मोवाईल प्रदान गरिने भएको छ । प्रतियोगिताको अनुमानित लागत २२ लाख रहेको संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...