भुटानसँग किन हार्यो नेपाल ?

  • खेलदैनिक डेस्क

घरमै जारी साफ यु–१८ च्याम्पियनसिपमा लगातार दुई पटकको विजेता तथा साविक विजेता नेपाल समूह चरणमा भुटानसँग हारेपछि त्यसले नेपाली फुटबलमा ठूलै तरंगा पैदा गर्यो । त्यो हार कति घातक थियो भने, नेपाला प्रतियोगितामा पुछारमा रहेर समूह चरणबाटै बाहिरियो । सोही समूहको भुटान भने शिर्ष स्थानमा रहेर सेमिफाइनलमा समेत पुग्न सफल भयो ।

चर्चा गर्नुपर्ने कुरा त यहाँ भुटानले यसै खेल जितेको हैन । त्यसमा भुटान फूटबल संघको धेरै मेहनत र इमान्दारिता छ । केही बर्ष अघी सम्म नेपालसँग ठुलो गोलअन्तरले पराजित हुने भुटानले लगालग चार ठाउँमा फुटबल विकासको मेरुदण्ड मानिने फूटबल एकेडेमी स्थापना गर्यो । आफुसँग भएका प्रशिक्षकहरुलाई बिदेसमा ट्रैनिङ दिन पठायो र फर्केपछी एकेडेमीमा आकर्षक पारिश्रमिक सहित जागिर दियो ।

त्यसपछी भुटान फूटबल संघले राम्रो खेलमैदानको लागि लगानी पनि गर्यो । बिभिन्न ठाउँमा टर्फ मैदान बनायो । त्यति मात्र नभएर धेरै भन्दा धेरै खेलाडीहरुलाई खेल्ने वातावरण बनायो । ग्रासरुट्स फूटबलमा लगानी मात्र होइन, संघले उक्त लगानी ठीक तरिकाले भयो कि भएन भनेर निरीक्षण पनि गर्यो ।

फलस्वरुप, आज भुटानका खेलाडीलाई नभएको सुबिधा केही छैन । अन्तर्राष्ट्रिय खेल खेल्न जादा दिनको १०० अमेरिकी डलर दिन्छ, त्यो पनि सानो टिमको खेलाडीलाई । अभ्यासपछि केरा, ब्रेड मात्रै होइन, पोसिलो, भुटानको अर्गानिक खाना खुवाइन्छ, एकेडेमीमा खेलाडीलाई राम्रो रेखदेखमा राखिन्छ । न्युट्रिसनिस्टको रेखदेखमा खानेकुरा दिने गरिन्छ ।

तर हाम्रो नेपाली फुटबलमा खेलाडीहरुलाई यो अवस्था र सुविधा विरलै छ । बरु छैन भन्दा हुन्छ । हो, हाम्रोमा यस्तो छँदै छैन । उनिहरुले फिुटबलका लागि लामो योजना बनाए । बिगतमा नेपालसँग ४–०, ५–० ले पराजित हुँदा शायद उनिहरुले आजको दिन देखेको हुनुपर्छ । तेसैले भुटान फूटबल संघलाई धेरै धेरै बधाई छ । आसा गरौ, हामी सुध्रिन्छौ नत्र हामी त यस्तै त हो नि ब्रो !

(हाम्रो भातृ पेज गोलनेपालबाट सांभार)


प्रतिक्रिया दिनुहोस

Loading...