यस्ता छन् रसिया विश्वकप खेल्ने समूह सी का टोलीहरु

एजेन्सी । आगामी बर्ष रुसमा हुने फिफा विश्वकपको समूह सी मा पूर्वविश्वविजेता फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क आमने सामने हुँदैछन् । यो समूहबाट फ्रान्सलाई अघिल्लो चरणमा प्रवेश गर्ने बलियो दावेदार मानिएको छ ।

डेनमार्क र पेरुबीचको भिडन्त पनि रोमाञ्चक हुने धेरैको अनुमान छ भने एसियन पावर हाउस अष्ट्रेलियाले यस समूहमा ठूलै चुनौति पेश गर्न सक्ने पनि धेरैले विश्वास व्यक्त गरेका छन् ।

१) फ्रान्स

फिफा वरियता : ९ (२१ डिसेम्बर २०१७)
मुख्य प्रशिक्षक : डिडियर डेसचेम्पस
कप्तान : युगो लोरिस

सन् १९३० देखि अहिलेसम्म फ्रान्सले १५ पटक विश्वकपमा सहभागिता जनाईसकेको छ । फ्रान्सले सन् १९९८ को विश्वकप समेत जितिसकेको छ । टोलीमा एन्टोईन ग्रिजम्यान, पाउल पोग्वा, किलियन म्बाप्पे जस्ता स्टार खेलाडीहरु रहेकाले फ्रान्सले पनि आगामी विश्वकपमा बलियो चुनौति पेश गर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

२) अष्ट्रेलिया

फिफा वरियता : ३८ (२१ डिसेम्बर २०१७)
मुख्य प्रशिक्षक : (खाली) 
कप्तान : माइल जेडिनाक

अष्ट्रेलियाले सन् १९७४ देखि हालसम्म पाँचपटक विश्वकपमा सहभागिता जनाएको छ । सन् २००६ को विश्वकपमा अन्तिम १६ को यात्रा तय गर्नु नै अष्ट्रेलियाको हालसम्म कै उत्कृष्ट प्रदर्शन रहेको छ ।

३) पेरु

फिफा वरियता : ११ (२१ डिसेम्बर २०१७)
मुख्य प्रशिक्षक : रिकार्डो गरेका
कप्तान : पाउलो गुरेरो

पेरुले सन् १९३० देखि हालसम्म पाँचपटक विश्वकपको यात्रा तय गरेको छ । सन् १९७० को विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु पेरुको विश्वकपमा हालसम्मकै उत्कृष्ट प्रदर्शन मानिएको छ ।

४) डेनमार्क

फिफा वरियता : १२ (२१ डिसेम्बर २०१७)
मुख्य प्रशिक्षक : एज हेरिड
कप्तान : सिमोन क्येर

सन् १९८६ मा पहिलोपटक विश्वकपमा डेब्यु गरेको डेनमार्कले पनि हालसम्म पाँच विश्वकपको यात्रा तय गरिसकेको छ । डेनमार्ककले सन् १९९८ को विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु नै उसको हालसम्मको उत्कृष्ट प्रदर्शन हो ।


प्रतिक्रिया दिनुहोस

Loading...