रसिया विश्वकपको समूह ए बारे थाहा पाउनुहोस

एजेन्सी । आगामी बर्ष रुसमा शुरु हुन गईरहेको फिफा विश्वकपका लागि विश्वभरिका फुटबल प्रेमीहरु यस प्रतियोतिगतालाई व्यग्रताका साथ पर्खिरहेका छन् ।

रुसको फुटबल स्टेडियमहरु अहिले लगभग विश्व फुटबलको यो ठूलो कूम्भमेलालाई भव्यताका साथ आयोजना गर्न पर्खीरहेको छ ।

यसैबीच यहि डिसेम्बर १ तारीखका दिन रुसको राजधानी मस्कोमा विश्वकपका समूह चरणको ड्र सार्वजनिक गरियो । कुल ३२ देशहरुलाई ८ समूहमा विभाजित गरिएको छ ।

जसमध्ये समूह ए मा छन् आयोजक रुस सहित साउदी अरब, इजिप्ट र उरुग्वे । आउनुहोस् समूह ए मा रहेका यी चार टोलीबारे चर्चा गरौं ।

१) रुस

फिफा वरियता : ६५ (२३ नोभेम्बर २०१७)
मुख्य प्रशिक्षक : स्टानिस्लाव चेर्चेसोव
कप्तान : इगो अंकिफिव

सन् १९७५८ देखि अहिलेसम्म रुसले कुल ११ पटक विश्वकपमा सहभागिता जनाईसकेको छ । सन् १९६६ को विश्वकपमा चौथो स्थान हासिल गर्नु नै रुसको विश्वकपमा हालसम्म कै उत्कृष्ट प्रदर्शन र उपलब्धी हो । घरेलु मैदान र समर्थकको साथ रहने भएकोले आगामी बर्ष घरैमा हुने फिफा विश्वकपमा समूह ए बाट अघिल्लो चरणमा प्रवेश गर्ने एउटा टोली रुस पनि बन्न सक्छ ।

२) साउदी अरब

फिफा वरियता : ६३ (२३ नोभेम्बर २०१७)
मुख्य प्रशिक्षक : हुवाँ एन्टोनियो पिज्जी
कप्तान : ओसामा होसावी

साउदी अरबले पहिलो पटक सन् १९९४ मा विश्वकपमा सहभागिता जनाएको थियो । हालसम्म ५ पटक विश्वकपमा सहभागीता जनाईसकेको साउदी अरबले सन् १९९४ मा सम्पन्न फिफा विश्वकपमा अन्तिम १६ मा प्रवेश गर्नु नै टोलीको हालसम्मको सर्वश्रेष्ठ प्रदर्शन र उपलब्धी हो ।

३) इजिप्ट

फिफा वरियता : ३१ (२३ नोभेम्बर २०१७)
मुख्य प्रशिक्षक : हेक्टर कपर
कप्तान : ऐसम अल–हैदरी

सन् १९३४ देखि हालसम्म इजिप्टले तीन पटक विश्वकपमा सहभागिता जनाएको छ । मोहमद सलाह जस्ता स्टार फरवार्डको साथ रहेको इजिप्टले समूह ए मा ठूलै प्रभाव जमाउन सक्छ र अघिल्लो चरणमा जान सक्छ ।

४) उरुग्वे

फिफा वरियता : २१ (२३ नोभेम्बर २०१७)
मुख्य प्रशिक्षक : ओस्कर तबारेज
कप्तान : डिएगो गोडिन

सन् १९३० देखि हालसम्म १३ पटक विश्वकपमा सहभागिता जनाईसकेको उरुग्वे समूह ए को सबैभन्दा बलियो टोली मानिएको छ । उरुग्वेले १९३० र १९५० को विश्वकप समेत जितिसकेको छ । उरुग्वे यसपटकको विश्वकपमा समूह चरण पार गर्दै अघिल्लो चरणमा पुगे अन्य सबै टोलीलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...