नेपालमा खेलकुदको अवस्था

सन्तोष आचार्य (कराते खेलाडी)

खेलकुदको जन्म कहिले र कहाँ भएको हो भन्ने अाज सम्म यकिनका साथ भन्न सकिएको छैन । साधरणतया, उफ्रिनु, कुद्नु वा शारीरिक अभ्यासलाई खेलकुदको रुपमा परिभाषित गर्न सकिन्छ । संसारमा खेलकुदको अबस्था फट्को मारे पनि हाम्रो अबश्था अझै केही खेल बाहेक सबै बामे अबश्थामा नै छन ।

यसको कारण के होला, देशले खेलकुदमा प्रत्येक वर्ष बजेट छुट्याउने र खेल कार्यक्रममा अरौबौ खर्च गरे पनि किन सोचे जति नतिजा अाउन सकेको छैन । जुनकुरा केही समय अघि भएको रास्ट्य खेलकुदमा विभागिय टिम बाहेक अरुले नतिजा हासिल गरेनन् ।

म पनि एक खेलाडी भएको हैसियतले अाफ्ना विचार राख्दछु । खेलको विकास हुन नसक्नुको कारण:-

१. उदेश्य तथा कार्य योजनाको अभाव (Lack of objectives and Planning)

योजनाले भविष्यमा के गर्ने , कहाँ सम्म पुग्ने र कसरी गर्ने तथा श्रोत र साधनको परिचालन कसरी गर्ने भन्ने कुरालाई मार्गदर्शन गर्दछ । हाम्रो खेल जगतमा व्यक्तिको ब्यक्तिगत योजना र संस्थागत योजनाको पुर्वानुमान गर्ने कार्य शुन्य छ । त्यसैगरी, यहाँ उदेश्यको जन्म खेलको कार्यक्रम घोषणा भएपछि हुन्छ । यहाँ खेल खेलमा सहभागी हुनको लागि खेलिन्छ, जित्ने अभिप्रायले होइन । त्यसैगरी,

खेलकुद कार्यक्रम खेलाडी जन्माउन होइनन् कार्यक्रमको लागि कार्यक्रम गर्ने अभिप्रायले गरिन्छ ।

२. खेललाई कर्म क्षेत्र बनाउन नसक्नु (Difficulties to be a Professional)

छिमेकी मुलुकबाट हेरौ, प्रत्येक घरमा पहिलो छोराछोरीको जन्म हुनासाथ ,पहिलो सपनाको जन्म किर्केट खेलाडी बनाउने हुन्छ । तर, हाम्रो देशमा खेल खेलेर व्यक्तिको पेट पाल्न गार्‍हो छ, परिवारको कुरा नगरुम । अनि, खेलकुद मै लागेर , मेरो जीवन यापन गर्न सक्छु भन्ने उपयुुक्त वातावरणको श्रृजना हुन नसक्नु ।

३. राजनीतिको हाबि (Polluted by Politics )

भनिन्छ, राजनीति गर्ने एउटा थलो खेलकुद पनि हो । पाटिगत र गुर्पिजमले संस्था धमलिएको छ । यहाँ,प्रशिक्षकहरु प्रशिक्षण भन्दा राजनीति गर्न पोक्त मानिन्छन । अनि, चाप्लुसि, नातावात, कृपावातले योग्य र दक्ष शक्तिलाई अोझेलमा पारेको छ । राजनीति अावरणमा,खेल प्रशिक्षक खेल शिकाउने र खेलाडी उत्पादन गर्ने शिर्षकमा राज्यवाट तलब लिए पनि यहा हाजिरी गर्न देखि बाहेक अन्य बेला देखिदैनन ।

४. प्रयाप्त पुर्वाधारको अभाव (Lack of resources )

भनिन्छ, नेपाल भनेको काठमाडौ मात्र हो । किनभने, हरेक कार्य गर्ने अन्तिम विन्दु अनि सेवा र बिकास भएको ठाउँ त्यहीँ मात्र हो । देशमा, सबै ठाउँमा उपयुक्त खेलकुद पुर्वाधार पुग्न नसक्नु र पुगे पनि केन्द्रीकृत रहनु ।

५. प्रशिक्षकको लापरबाही (Careless Coaching )

दक्ष खेलाडी खेलाउने प्रशिक्षक नेपालमा म कमि देख्छु । प्रशिक्षक एक गुरु, उत्प्रेरकर्ता, साथीभाइ तथा दक्ष ब्यक्ति हुनु पर्दछ । साथै, समय सापेक्ष प्रशिक्षकको वृद्धि विकासका साथै उनिहरुलाई तालिमको माध्यमबाट कार्य कुशलतामा अभिवृद्धि गर्नु पर्दछ, त्यसको अभाव छ । साथै , अाधारभुत प्रशिक्षण गराउने प्रशिक्षक र विशिष्ट प्रशिक्षण दिने फरक हुनु पर्दछ, त्यो छैन । त्यसैगरी, वर्तमानमा अाएर, खेलाडीलाई नै प्रशिक्षण गराउन लगाएर अाफु अन्य कार्यमा लागेको पनि पाईन्छ ।

६. कमजोर प्रणाली (Weak System )

प्रत्येक जिल्ला , क्षेत्र र केन्द्रमा खेलकुदका विभागहरु छन । तिनिहरुको अधिनमा खेल प्रशिक्षक र खेलाडी छन । अाज सम्म, कति वडा खेलको अभ्यास दैनिक रुपमा भएका छन्, कति प्रशिक्षक छन अनि कति खेलाडी छन त्यस्को हेक्का सम्बन्धित निकाय सग छैन । कति घण्टा प्रशिक्षकले Basic Training अनि कति घण्टा Special Training प्रशिक्षकले हप्ता वा महिनामा अायोजना गर्यो, त्यस्को लेखा जोखा गर्ने हिम्मत अाज सम्म सम्बन्धित निकायले गर्न सकेको छैन । त्यसैगरी, राम्रो प्रशिक्षकको मनोवल वृदिको लागि बढुवा गर्ने प्रणालीको विकास गर्न सकेको छैन । किनकि प्रणालिले, राम्रो होइन हाम्रो मान्छे खोज्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...