१३औं सागः गल्फमा १७ बर्षे सुवासले दिलाए नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली गल्फर सुवास तामाङले नेपाललाई ऐतिहासिक स्वर्ण जिताएका छन् । गल्फमा सुवासले एक नभई दुई स्वर्ण जिते ।

१७ बर्षिय सुवासले एकल तथा टिम इभेन्टमा गरि नेपालको पोल्टामा दुई स्वर्ण पारे । स्वर्ण जित्ने क्रममा सुवासले बंगलादेशी खेलाडीलाई ८ स्ट्रोकले पछि पारे ।

त्यस्तै टिम इभेन्टमा सुवासले शुक्र बहादुर राई, टंक बहादुर कार्की र निरज तामाङसँग मिलेर स्वर्ण पदक जिते । सागको गल्फमा नेपालले जितेको यो नै पहिलोपटकको स्वर्ण पदक थियो ।

(तस्विरM अनलाईन)


प्रतिक्रिया दिनुहोस

Loading...