नयाँ पत्रिका गल्फ कर्पोरेट प्रतियोगिता: हृदेश र प्रतिमा च्याम्पियन

दोस्रो नयाँ पत्रिका स्विङ एन्ड विन गल्फ कर्पोरेट प्रतियोगिताको उपाधि हृदेश सिंह र प्रतिमा शेर्पाले जितेका छन् । गोकर्ण गल्फ कोर्स रिसोर्टमा शनिबार सम्पन्न एक दिने प्रतियोगितामा पुरुषतर्फ हृदेश र महिलातर्फ प्रतिमाले उपाधि जितेका हुन् ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई नयाँ प्रकाशन प्रालिका अध्यक्ष, प्रवन्ध निर्देशक तथा प्रधान संपादक कृष्णज्वाला देवकोटा, एफएनसिसिआइका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ तथा गोकर्ण क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरे ।
गोकर्ण गल्फ कोर्सको सम्पूर्ण प्रावधिक सहयोगमा ३÷४ ह्यान्डी क्याप अनुसार भएको प्रतियोगिताको पुरुष तर्फ च्याम्पियन सिंहले सर्वाधिक ३९ स्कोर गरेका थिए । उनले स्विङ एन्ड विन गल्फमा दोस्रो उपाधिका रुपमा मोस्ट बर्डिज हात पारे । उनले सर्वाधिक पाँच बर्डिज प्रहार गरेका थिए ।

महिलातर्फ शेपाले सर्वाधिक २८ स्कोर गरिन् । प्रतियोगिताको महिलातर्फ उपविजेता उपाधि रेखा घिमिरे भइन् । पुरुषपतर्m विजेताले आइफोन–७, ट्याल्मोमेड एस–२ ड्राभेर प्राप्त गरे । महिला विजेताले एक दर्शन गल्फ बल र ट्याल्मोमेड ब्याग पाइन् । यसैगरी होल इन वान गर्न नसके पनि गोपाल चित्रकारले क्लोजेस्ट टु पिन उपाधि जिते । उनले एक दर्जन गल्फ बल हात पारेका छन् ।

यता लगेस्ट ड्राइभको ट्रफी विजय श्रेष्ठ इन्हाउसको नाममा रह्यो । उनले पनि ट्रफी र एक दर्जन गल्फ बल पुरस्कार स्वरुपजितेका छन् । ६० बर्षमाथि सिनियर समूहमा नरेश्वर गुरुङ विजेता बनेका छन् । उनले काउन्टर ब्याकमा सर्वाधिक ३६ स्कोर गरेका थिए । उनले ट्याल्मोमेड पटर र एक दर्जन बल पुरस्कारका रुपमा पाएका छन् ।

सोही विधामा उपविजेताको उपाधि डा.रञ्जित बरालले जिते । उनले पनि काउन्टर ब्याकमा ३६ स्कोर नै गरेका थिए । प्रतियोगिताको वेस्ट ग्रोसको उपाधि मिथुन राईले जिते । उनले आइफोन–७, ट्याल्मोमेड एम–२ ड्राभर पाएका छन् । प्रतियागिताको दशौँ स्थानमा रहेका रविन्द्रमान सिंहले ट्रफी र टिसिएल टेलिभिजन पाएका छन् ।

नेपालको एक मात्र १९ होलको गोकर्ण गल्फ कोर्समा भएको ‘दोस्रो नयाँ पत्रिका स्विङ एन्ड विन’ कर्पोरेट गल्फ प्रतियोगितामा १० विधामा पुरस्कार व्यवस्था थियो । यस बर्ष प्रतियोगिताको मुख्य आकर्षण ‘होल इन वान’ गर्ने एक गल्फरले टियागो कार पाउने थियो । तर सहभागी ९५ जना गल्फरले होल इन वान गन सकेनन् । गत बर्ष पनि होल इन वान गर्ने गल्फरका लागि कार पुरस्कार राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...