नयाँ पत्रिका कर्पाेरेट गल्फ फागुन २१ गतेदेखि

९ फागुन / दोस्रो ‘नयाँ पत्रिका स्विङ एन्ड विन कर्पोरेट गल्फ’ प्रतियोगिता २१ फागुनमा हुने भएको छ । नयाँ प्रकासन प्रालिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गल्फ प्रतियोगिता बारे जानकारी दिएको हो । एकदिने प्रतियोगिताका लागि नयाँ प्रकाशन र गोकर्ण गल्फ कोर्स रिसोर्टबीच यसअघि नै सम्झौता भइसकेको छ । गोकर्ण गल्फ कोर्सले प्रतियोगिताको प्राविधिक पक्षमा सहयोग गर्नेछ ।

एसियाकै चर्चित गल्फ कोर्समध्ये एक गोकर्ण गल्फ कोर्समा सयजना कर्पाेरेट गल्फरले सहभागीता जनाउेछन् । गल्फरले ३÷४ ह्यान्डिक्याप फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक पुरस्कार राशीमा ५० हजार रुपैयाँ वृद्धि गरेर तीन लाख पु¥याइएको छ । प्रतियोगिताको मुख्य आकर्षण होल इन वान रहने छ । यसपटक पनि होल इन वान गर्ने एक गल्फरले टियागो कार पाउनेछन् । टियागो कार १२ सय सिसी क्षमताको हो । यसको बजार मूल्य २८ लाख ५५ हजार रुपैयाँ छ ।
सिनियर पुरुष तथा महिला विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् । विजेताले ७० हजार बराबरको गिफ्ट ह्याम्पर पाउनेछन् । पुरुष तथा महिला उपविजेताहरूले पनि आकर्षक पुरस्कार पाउने नयाँ प्रकाशनले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ग्रोस, मोस्ट बर्डिज, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन गर्ने गल्फर पनि पुरस्कृत हुनेछन् । गत वर्षको मुख्य उपाधि क्याप्टेन नोर्बु शेर्पाले जितेका थिए । महिलातर्फ रेखा घिमिरे च्याम्पियन बनेकी थिइन् । पत्रकारसम्मेलनमा गोकर्ण गल्फ कोर्सका सिनियर गल्फ निर्देशक दिपक आयार्चले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी दिए । उनले मिडिया क्षेत्रबाट गल्फ प्रतियोगिता आयोजना गर्नु गल्फ विकासका लागि सहयोग पुग्ने बताए । ‘नयाँ पत्रिकाले कर्पाेरेट गल्फ प्रतियोगितालाई निरन्तरा दिनु सकारात्कम पक्ष हो, ’ आचार्यले भने, ‘प्रतियोगिताले गल्फ विकासमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’

गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरले अन्य खेल भन्दा गल्फ पृथक खेल भएको बताए । ‘अन्य प्रतियोगिता एउटा परिधि भित्र बसेर आयोजना गर्नुपर्छ, ’ घिमिरिले भने ,‘तर गल्फको कुनै परिधि हुँदैन । संसारका प्रत्येक गल्फ कोर्स फरक हुन्छन् । एउटा गल्फरले अघिल्लो दिन हानेको सर्ट अर्काे दिन त्यहि स्थानमा प्रहार गर्न सक्दैन ।’ घिमिरले नयाँ पत्रिकको आयोजना हुने गल्फ प्रतियोगिता अघिल्लो वर्ष भन्दा अझ राम्रो हुने शुभकामना दिए ।

रोयल नेपाल गल्फ कोर्सका अध्यक्ष रविन्द्रमान श्रेष्ठले गल्फ धनिले मात्र खेल्ने खेल भनेर नकारात्क सन्देश गएको भन्दै आम मानिस सबैले गल्फ खेल्न सक्ने धारणा राखे । उनले सञ्चार क्षेत्रबाट गल्फ प्रतियोगिता हुँदा गल्फ बारे जनतामा सकारात्मक सन्देश जाने समेत बताए ।

नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष महेश आयार्चले नयाँ पत्रिकाले गल्फ प्रतियोगितालाई निरन्रता दिएकोमा खुसी व्यक्त गरे । गल्फका समाचारले स्थान नपाइएको अवस्थामा मिडिया नै प्रतियोगिता आयोजना गर्दा गल्फ विकासमा सहयोग पुग्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस

Loading...