कर्पोरेट गल्फ प्रतियोगिता शनिबार

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । प्रतिष्ठित मानिएको पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता आगामी मंसिर २ गते शनिबार हुने भएको छ । बाह्रखरी मिडिया प्रालिले आइतबार एक पत्रकार सम्मेलनको योजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

एक दिने प्रतियोगितामा ग्लेनेइगल्सद्वारा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा हुने छ । प्रतियोगितामा कर्पोरेट क्षेत्रमा काम गर्दै आइरहेका ९० देखि १०० गल्फरहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक तथा गोकर्ण गल्फ क्लबका सिनियर डिरेक्टर दिपक आचार्यले जानकारी दिए । प्रतियोगिता संयोजक आचार्यले हालसम्म ९० खेलाडीले नाम दर्ता गराईसकेको जानकारी दिए ।

प्रतियोगिता १८ होलमा ३्४ हेन्डीक्याम्प स्टेबलफोर्ड फर्म्याटमा हुने छ । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीले टाटा कम्पनीको जेष्ट गाडी पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै बिजेताहरुले ट्रफी तथा गिफ्ट हाम्पर प्राप्त गर्ने छन् । प्रतियोगितामा बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिज समेत पुरस्कृत हुने छन् ।

एनआईसी एसिया बैंकको मुख्य प्रायोजकमा हुने प्रतियोगिता आगामी बर्षपनि हुने बाह्रखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए । यस्तै प्रतियोगितामा प्रिमियम प्रायोजक टाटा मोटर्स रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि तथा गोकर्ण गल्फ क्लबका अध्यक्ष सुरीत घिमिरेले गल्फ प्रतियोगिता नेपालमा कम लोकप्रिय भएपनि यो खेलबाट नेपालमा पर्यटक भित्राउन सके देशलाई फाइदा हुने बताए ।

विश्वभर गल्फ खेलीने भएपनि नेपालमा गल्फ खेल बाह्र महिना खेल्न सकिने उल्लेख गर्दै अध्यक्ष घिमिरेले भने, “बाह्रखरी मिडियाले गल्फ गर्दै छ , यो गल्फ खेलको लागि निकै राम्रो हो । किनकी मिडिया क्षेत्र नै गल्फमा आकर्षित भएको छ । मिडियाले यस्ता प्रतियोगिता आयोजना गर्दा गल्फ बढी लोकप्रिय बन्छ ।”

यस्तै घिमिरेले नेपालमा गल्फ विकास हुन् जरुरी रहेको र प्रतियोगिता आयोजना गरेको बाह्रखरी मिडियालाई आभार व्यक्त गर्दै प्रतियोगिताको लागि सक्दो सहयोग हुने बाचा गरे ।

त्यस्तै नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्यले नेपाली मिडिया क्षेत्रले गल्फ खेललाई धेरै महत्व दिएको चर्चा गर्दै मिडिया क्षेत्र र निजी क्षेत्रले खेलकुदमा लगानी गर्दा खेलकुद बिकासमा टेवा पुग्ने बताए ।

अध्यक्ष आचार्यले भने, “कर्पोरेट क्षेत्र तथा मिडियाहरु गल्फ वा अन्य खेलकुदमा भित्रदै गएको छ । यसले गल्फमात्र नभएर नेपाली खेलकुद क्षेत्रलाई नै फाइदा पुग्छ ।”

यस्तै आचार्यले नेपाली मिडियामा कार्यरत खेल पत्रकारहरुलाई गल्फ खेलबारे धेरै ज्ञान नरहेको उल्लेख गर्दै विगत भबिष्यमै गल्फ खेलबारे ट्रेनिङ तथा सेमिनार आयोजना गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...