काठमाडौं (खेलदैनिक) । नेपाली उदयीमान गल्फ खेलाडीद्वय टंक बहादुर कार्की र फुन्ट्सुक नोर्बु लामा आईतबार सिंगापुर प्रस्थान गरेका छन् ।
कार्की र लामाले सिंगापुर कन्ट्री क्लबमा जुलाई १०-१४ सम्म संचालन हुने सिंगापुर गल्फ च्याम्पियनशिमा नेपालको प्रतिनिधित्व गर्नेछन ।
नेपाल गल्फ संघका अनुसार प्रतियोगिताको समाप्ति पछि नेपाली गल्फ खेलाडीहरू कार्की र लामा एमएसटी गल्फ क्लबमा जुलाई १५-२१ सम्म प्रशिक्षण गरी स्वदेश फर्किनेछन् ।
सहभागी हुन जाने खेलाडीहरूलाई आज एक कार्यक्रमका बिच नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले बिदाई गरे ।