प्रतिमा शेर्पा अमेरिका प्रस्थान

काठमाडौं (खेलदैनिक) ।

नेपाल नम्बर १ महिला गल्फर प्रतिमा शेर्पा आइतवार बिहान अमेरिका प्रस्थान गरेकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै अमेरिकामा विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा शेर्पा खेल्ने भएकी छन् । प्रतिमासँगै प्रशिक्षक सचिन भट्टराई पनि प्रस्थान गरेका  छन् ।

३ प्रतियोगितासँगै प्रतिमाले विशेष टाइटलिस्ट प्रफरमेन्स् इन्सिच्चूटमा प्रशिक्षणको अवसर समेत प्राप्त गरेकी छिन् ।

प्रतियोगिता र प्रशिक्षण नेपाल गल्फ संघको पहलमा संभव भएको हो ।

२ महिना अमेरिका बसाईको क्रममा प्रतिमाले जुलाई १८ देखि २१ सम्म क्यालिफार्नियाको भेन्टुरमा हुने पचासौ संस्करणको टाइटलिस्ट म्चाय प्ले च्याम्पियससिप खेल्ने छिन्जुन उनको करियरकै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता बन्ने छ । जुलाईकै ३१ तारिखमा क्यालिफोर्नियामै फाउण्डर्स कप तथा अगष्ट ५ देखि ६ सम्म टेलर मेड टूर च्याम्पियनसिप खेल्ने छिन । प्रतियोगिता बाहेक भेन्टुरास्थित ओलिभिया लिङ्स गल्फ कोर्सको गल्फ एकेडेमीमा प्रशिक्षण लिने छिन ।

यसैगरी विश्व चर्चित गल्फरहरुले प्रशिक्षण लिने टाइटलिस्ट प्रफरमेन्स् इन्सिच्चूटबाट पनि प्रशिक्षणको स्वीकृति नेपाल गल्फ संघलाई प्राप्त भइसकेको छ । प्रतियोगिता जुधेको कारण प्रशिक्षण मिति भने तय भएको छैन ।

गल्फ करियरमै अहिलेसम्मकै ठूलो अवसर प्राप्त गरेकी प्रतिमाले अब सिक्ने र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मद्दत पुग्ने बताइन । यो प्रशिक्षणले प्रो गल्फर बन्न सहयोग पुग्ने र आफ्नो उद्देश्य प्रो–गल्फर बनी एलपीजीए खेल्ने रहेको बताइन् ।

घरेलु प्रतियोगितामा प्रतिमाले पछिल्लो समय ३२ उपाधि जितेकी छन् । नागरिकता नभएको कारण उनले सन् २०१४ र २०१६ को एसियन फाल्डो सिरिज गुमाएकी थिइन ।

(तस्बीर : नमिता  परियार)


प्रतिक्रिया दिनुहोस

Loading...