पद्मोदय च्याम्पियन

पद्मोदय माविले रियो एसईई फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीमा भएको फाइनलमा पद्मोदयले ताहचल युथ क्लबलाई ४–३ गोलले पराजित गर्‍यो  । विजयी टिमकालागि आशिष सोनामले २ तथा गौरव कार्की र अनिश कार्कीले १–१ गोल गरे । ताहचलका विजेन खड्का र सुजन गुरुङले १–१ गोल फर्काए । एक गोल आत्माघाती रह्यो ।

उपाधिसंगै पद्मोदयले ५० हजार नगद पुरस्कार पायो भने ताहचलले २० हजार नगदमा चित्त बुझायो ।

कीर्तिपुर टिमका यमन महर्जन उत्कृष्ट खेलाडी घोषित भए । पद्मोदयका सुविन श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर २३ गोल गरेका ताहचलका सुजन गुरुङ सर्वाधिक गोलकर्ता बने । तीनैले समान ५–५ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १२ गतेदेखि सुरु प्रतियोगितामा ६४ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा फाइनलसहित जम्मा १ सय २७ खेल भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...