रुसलान फुटसल हुने

पेरिविङकल सर्भिसको आयोजनामा तेश्रो रुसलान खुला फुटसल प्रतियोगिता जेठ २० गतेदेखि हुने भएको छ । प्रतियोगितामा २४ देखि ३२ टिमको सहभागिता अपेक्षा गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।

विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार र सेमिफाइनलमा रोकिने दुई टिमले ३५–३५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही १५ हजारले पुरस्कृत गरिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...