अब स्कुलहरुबीच फुटसल भिडन्त

काठमाडौं (खेलदैनिक) । स्कुले खेलाडीहरुलाई पनि फुटसल खेलतर्फ आकर्षित गर्न प्रथम रत्नलाल मेमोरिया इन्टर स्कुल फुटसल प्रतियोगिता हुने भएको छ ।

यहि आउँदो मंसिर २० गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सबै खेलहरु आयोजक कै फुटसल एरिनामा हुनेछ । प्रतियोगिताको समापन भने मंसिर २४ गतेका दिन हुने आयोजकले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस

Loading...