स्पोर्टस क्यासललाई फुटसल लिगको उपाधि

पोखरा (खेलदैनिक) । स्पोर्टस क्यासल, पोखरा घरमै सम्पन्न प्रतिष्ठित नेशनल फुटसल लिगको च्याम्पियन बनेको छ । पोखरा स्थित बहुउद्देश्ययि कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल भिडन्तमा स्पोर्टस क्यासलले शंखमुल फुटसललाई ४–२ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच स्पोर्टस क्यासल कै किशोर गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । विजेता बनेको स्पोर्टस क्यासलले उपाधिसहित नगद १० लाख हात पारेको छ भने शंखमुलले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगितामा देशैभरिबाट छनौट भएर आएका उत्कृष्ट दश टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट रुपन्देहीका दुई टोली झरना स्पोर्टस क्लब, लुम्बिनी फुटसल प्रा.लि. रेलिगेशनमा परेका थिए ।

यस्ता छन् फु्टसल लिगका बेस्टहरु

शुक्रबार सम्पन्न नेशनल फुटसल लिगको उपाधि जितेको घरेलु टोली स्पोर्टस क्यासलले व्यक्तिगत विधातर्फ पनि आफ्नै वर्चश्व कायम राख्यो ।

फाइनलमा शंखमुललाई ४–२ ले हराउँदै फुटसल च्याम्पियन बनेको स्पोर्टस क्यासलका समग्रमा चार सदस्य उत्कृष्ट ठहरिए । फाइनल खेलको म्यान अफ द म्याच स्पोर्टस क्यासलका किशोर गुरुङ चुनिए । त्यसवापत उनले ट्रफी र पाँच हजार हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक शंखमुलका अनिष श्रेष्ठ घोषित हुँदा उत्कृष्ट फिक्सो फुटसल फाईभका बिजय श्रेष्ठ चुनिए । उत्कृष्ट एएलए शंखमुलका मणि लामा घोषित हुँदा इमर्जिङ प्लेयरको पुरस्कार स्पोर्टस क्यासल कै सुमित श्रेष्ठले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि स्पोर्टस क्यासल कै बिष्णु गुरुङ घोषित भए । लिग अवधिभर कुल १८ गोल गरेका अविनाश तामाङ सर्वाधिक गोलकर्ता बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...