ढुकु र लुम्बिनीको जित

पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा ढुकु फुटसल हब, काठमाडौंले ले प्रभावशाली जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न आइतबारको अन्तिम खेलमा ढुकुले सबिन मेमोरियल एफसी, पोखरालाई ८–६ ले हरायो । खेलको म्यान अफ द म्याच ढुकु फुटसलका उर्केन शेर्पा घोषित भए ।

आइतबार नै भएका अन्य खेलहरुमा लुम्बिनी फुटसस, रुपन्देहीले शहरी प्रतिद्वन्द्वी रुपन्देही कै झरना स्पोर्टस क्लबलाई ६–२ ले हरायो । त्यस्तै दोस्रो खेलमा शंखमुल फुटसल र फुटसल फाईव धरानले ३–३ गोलको रोमाञ्चक बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस

Loading...