फुटसल रेफ्रीहरुलाई बेज हस्तान्तरण

पोखरा (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु हुन गईरहेको ए डिभिजन फुटसल लिग खेलाउने रेफ्रीहरुलाई रेफ्री बेज हस्तान्तरण गरिएको छ ।

पोखरा स्थित फुटसल लिग आयोजना हुने खेलस्थल मै पुगेर एक कार्यक्रमका बीच एन्फा फुटसल कमिटीका अध्यक्ष रत्न कुमार श्रेष्ठले रेफ्रीहरुलाई बेज हस्तान्तरण गरेका हुन् । सो अवसरमा एन्फा फुटसल प्रमुख बिनोद गुरुङ, लिग कमिटी सदस्य दयाराम सापकोटा लगायतको पनि उपस्थिति रहेको थियो ।

यहि असोज २ गतेदेखि २२ गतेसम्म चल्ने प्रतियोगितामा नेपालभरिबाट छनौट भएका उत्कृष्ट दश टोलीहरुले फुटसल लिगमा सहभागिता जनाउँदै छन् । लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...