फुटसल लिगको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी असोजको पहिलो सातादेखि शुरु हुने शहिद स्मारक ए डिभिजन फुटसल लिगको खेलतालिका सार्वजनिक गरेको छ ।

एन्फाले मंगलबार एक कार्यक्रमको आयोजना गरि फुटसल लिगको खेलतालिका सार्वजनिक गरेको हो । असोज दुई देखि असोज २२ गतेसम्म चल्ने फुटसल लिगका सबै खेलहरु पोखरामा हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा द राईजिङ क्लब धरान र स्काई गोल्स, काठमाडौं भिड्ने छन् । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा स्पोर्टस क्यासल, पोखरा र प्रभातफेरि युथ क्लब भिड्ने छन् ।

प्रतियोगितामा ६ क्लबका दश टोलीहरुले सहभागिता जनाउँदैछन् । फुटसल लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भन् उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

हेर्नुहोस खेलतालिकाः


प्रतिक्रिया दिनुहोस

Loading...