पचरुखी भेट्रानलाई फुटसल उपाधि

सुनसरी (खेलदैनिक) । प्रथम गोकुलम भेट्रान नकआउट फुटसल प्रतियोगिता २०७६ को उपाधि पचरुखी भेट्रान क्लब इटहरीले जितेको छ ।

प्रदेश १ को सुन्दरहरैचा स्थित विराटचौकमा रहेको प्लानेट फुटसलको खेल मैदानमा भएको एक दिने प्रतियोगितामा आयोजक विराटचौक भेट्रान लाई फाइनलमा ५–४ गोल अन्तरले हराउँदै पचरुखीले उपाधी जितेको हो ।

कुल १० टिमहरुको सहभागीता रहेको प्रतियोगिताको विजेता पचरुखी भेट्रानले उपाधिसहित नगद रु ५०००० रुपैयाँ हात पार्यो भने उपविजेता आयोजकविराटचौकले नगद रु २५००० रुपैयाँमा चित्त बुझायो ।


प्रतिक्रिया दिनुहोस

Loading...